क्रान्तिकारीको अध्यक्ष नपाएका विद्यार्थी नेता आजैबाट माओवादीको केन्द्रीय सदस्य
१७ असोज, काठमाडौं । अनेरास्ववियू क्रान्तिकारीको नेतृत्वबाट बिदा भएका ६ जना नेता आजैबाट नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य बनेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षका दाबेदार नेताहरूलाई आइतवार बिहान बोलाएर यो निर्णय तत्कालै कार्यान्वयन हुने बताएको क्रान्तिकारीका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।
अखिल क्रान्तिकारीको अध्यक्षका लागि बस्नेतसहित दीपक देवकोटा, विजय गौतम, तिलक भण्डारी र उत्तम अधिकारी पनि दाबेदार थिए । तर, अध्यक्ष प्रचण्डले यसपटक पञ्चा सिंहलाई अध्यक्ष बनाउने भन्दै बाँकी नेताहरूलाई पार्टीको केन्द्रीय सदस्य बनाउने आश्वासन दिएका हुन् ।
प्रचण्डले भनिसकेको र अब औपचारिक प्रक्रियाबाट उनीहरू पार्टीको केन्द्रीय सदस्यका हैसियतमा क्रियाशील हुनेछन् । त्यस्तै अखिल क्रान्तिकारीको अध्यक्षबाट बिदा भएका रञ्जित तामाङ पनि माओवादी केन्द्रीय सदस्य हुने भएका छन् ।
अध्यक्षका अर्का दाबेदर दिपेश पुन महासचिव बन्न खोजेका छन् । महासचिवको दावी छाडेमा उनलाई पनि यही लटमा पार्टीको केन्द्रीय सदस्य बनाइने भएको छ । महासचिवका लागि पवन कार्की र जीपी मैनालीलगायतको पनि दाबी छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply