क्रान्तिकारीको अध्यक्ष नपाएका विद्यार्थी नेता आजैबाट माओवादीको केन्द्रीय सदस्य
१७ असोज, काठमाडौं । अनेरास्ववियू क्रान्तिकारीको नेतृत्वबाट बिदा भएका ६ जना नेता आजैबाट नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य बनेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षका दाबेदार नेताहरूलाई आइतवार बिहान बोलाएर यो निर्णय तत्कालै कार्यान्वयन हुने बताएको क्रान्तिकारीका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।
अखिल क्रान्तिकारीको अध्यक्षका लागि बस्नेतसहित दीपक देवकोटा, विजय गौतम, तिलक भण्डारी र उत्तम अधिकारी पनि दाबेदार थिए । तर, अध्यक्ष प्रचण्डले यसपटक पञ्चा सिंहलाई अध्यक्ष बनाउने भन्दै बाँकी नेताहरूलाई पार्टीको केन्द्रीय सदस्य बनाउने आश्वासन दिएका हुन् ।
प्रचण्डले भनिसकेको र अब औपचारिक प्रक्रियाबाट उनीहरू पार्टीको केन्द्रीय सदस्यका हैसियतमा क्रियाशील हुनेछन् । त्यस्तै अखिल क्रान्तिकारीको अध्यक्षबाट बिदा भएका रञ्जित तामाङ पनि माओवादी केन्द्रीय सदस्य हुने भएका छन् ।
अध्यक्षका अर्का दाबेदर दिपेश पुन महासचिव बन्न खोजेका छन् । महासचिवको दावी छाडेमा उनलाई पनि यही लटमा पार्टीको केन्द्रीय सदस्य बनाइने भएको छ । महासचिवका लागि पवन कार्की र जीपी मैनालीलगायतको पनि दाबी छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply