कांग्रेसले मन्त्री छान्न नसकेपछि, मन्त्रिपरिषद विस्तारमा ढिलाइ हुने संकेत
२० असोज, काठमाडौं । सरकारमा सहभागी हुने थप मन्त्रीका विषयमा सहमति जुटाउन बसेको नेपाली कांग्रेसको वैठक विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको शीर्ष नेताको वैठक मन्त्री बन्नेको नाम टुङ्गो नलगाई सकिएको हो । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका विषयमा शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका थिए ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवालाई आफ्ना तर्फबाट तीन जना मन्त्री बनाउन प्रस्ताव गरेका थिए । तर, देउवाले पौडेलको प्रस्ताव अनुसार मन्त्री बनाउन नसकिने बताएपछि बैठक बिना निष्कर्ष टुङ्गिएको हो । ‘हामीले तीन जना हुनुपर्छ भनेर माग ग¥यौं । उहाँले सकिँदैन भन्नु भयो, बैठकपछि एक नेताले भने, त्यसपछि हामी उठ्यौं । कुरा मिल्नै बाँकी छ भोलि नै मन्त्रिपरिषद् विस्तार होला जस्तो देखिंदैन ।
बैठकमा वरिष्ठ नेता पौडेल, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंहलगायतका नेता सहभागी थिए । बालुवाटार बैठकअघि पौडेल र सिटौलाले आफूनिकट नेताहरुसँग छुट्टै छलफल गरेका थिए । पौडेल समूहले कांग्रेसले पाउने सात मन्त्रालयमध्ये त्यसको ४० प्रतिशत बराबरको संख्यामा आफूहरुले भाग पाउनुपर्ने निष्कर्ष निकालेको थियो ।
सरकार गठन भएको करिब ३ महिना पुग्न लाग्दा गठबन्धनमा बल्ल मन्त्रालय बाँडफाँडको सहमति भएको छ । तर, दलहरुले मन्त्री छान्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा भने अझै केही दिन लाग्न सक्ने देखिएको छ । हाल कांग्रेसबाट यसअघि बालकृष्ण खाँण गृह, नारायण खड्का परराष्ट्र, ज्ञानेन्द्रबहादुर कार्की कानुन न्याय तथा संसदीय मामिलामन्त्री तथा उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भइसकेका छन् ।
देउवाले यसअघि आफ्नै गुटका नेताहरुलाई मात्रै मन्त्री बनाएको भन्दै पौडेल समूह असन्तुष्ट बनेको हो । पौडेल समूहले अब बन्ने मन्त्रीमध्ये तीन मन्त्री आफ्नो समूहबाट हुनैपर्ने दाबी गरेको छ । मंगलबारको सहमतिबमोजिम कांग्रेसले अब स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, रक्षा, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय पाउने छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply