कांग्रेसले मन्त्री छान्न नसकेपछि, मन्त्रिपरिषद विस्तारमा ढिलाइ हुने संकेत
२० असोज, काठमाडौं । सरकारमा सहभागी हुने थप मन्त्रीका विषयमा सहमति जुटाउन बसेको नेपाली कांग्रेसको वैठक विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको शीर्ष नेताको वैठक मन्त्री बन्नेको नाम टुङ्गो नलगाई सकिएको हो । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका विषयमा शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका थिए ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवालाई आफ्ना तर्फबाट तीन जना मन्त्री बनाउन प्रस्ताव गरेका थिए । तर, देउवाले पौडेलको प्रस्ताव अनुसार मन्त्री बनाउन नसकिने बताएपछि बैठक बिना निष्कर्ष टुङ्गिएको हो । ‘हामीले तीन जना हुनुपर्छ भनेर माग ग¥यौं । उहाँले सकिँदैन भन्नु भयो, बैठकपछि एक नेताले भने, त्यसपछि हामी उठ्यौं । कुरा मिल्नै बाँकी छ भोलि नै मन्त्रिपरिषद् विस्तार होला जस्तो देखिंदैन ।
बैठकमा वरिष्ठ नेता पौडेल, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंहलगायतका नेता सहभागी थिए । बालुवाटार बैठकअघि पौडेल र सिटौलाले आफूनिकट नेताहरुसँग छुट्टै छलफल गरेका थिए । पौडेल समूहले कांग्रेसले पाउने सात मन्त्रालयमध्ये त्यसको ४० प्रतिशत बराबरको संख्यामा आफूहरुले भाग पाउनुपर्ने निष्कर्ष निकालेको थियो ।
सरकार गठन भएको करिब ३ महिना पुग्न लाग्दा गठबन्धनमा बल्ल मन्त्रालय बाँडफाँडको सहमति भएको छ । तर, दलहरुले मन्त्री छान्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा भने अझै केही दिन लाग्न सक्ने देखिएको छ । हाल कांग्रेसबाट यसअघि बालकृष्ण खाँण गृह, नारायण खड्का परराष्ट्र, ज्ञानेन्द्रबहादुर कार्की कानुन न्याय तथा संसदीय मामिलामन्त्री तथा उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भइसकेका छन् ।
देउवाले यसअघि आफ्नै गुटका नेताहरुलाई मात्रै मन्त्री बनाएको भन्दै पौडेल समूह असन्तुष्ट बनेको हो । पौडेल समूहले अब बन्ने मन्त्रीमध्ये तीन मन्त्री आफ्नो समूहबाट हुनैपर्ने दाबी गरेको छ । मंगलबारको सहमतिबमोजिम कांग्रेसले अब स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, रक्षा, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय पाउने छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply