बेलायतले नेपाललाई ‘रेडलिस्ट’ बाट हटायो

२२ असोज , काठमाडौं । कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ ।
अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ । यससँगै अझै अन्य सात देश भने रातोसूचीमै छन् ।
रातोसूचीबाट हटाए पनि यो लागु भने सोमबार अर्थात् यही असोज २५ गतेदेखि लागु हुने कुरा भ्रमणसम्बन्धी गतिविधिअन्तर्गत प्रकाशित सूचनामा उल्लेख गरिएको छ । यसैगरी विश्वका ३७ देशलाई ती देशमा लगाइएका कोभिड खोपलाई समेत मान्यता दिइएको छ । ती देशबाट बेलायत प्रवेश गर्नेले अब क्वारेन्टिन बस्न नपर्ने तर चाहेमा कोरोना परीक्षण डे टु प्याकेज भने प्रयोग गर्न सक्ने जनाइएको छ ।
बेलायत सरकारले बेलायत भ्रमणमा आउनेले कोरोनाका चार प्रकारका खोपमध्ये जुनकुनै लगाएको भए पनि मान्य हुने भनेको छ । त्यसमा अक्सफोर्ड / एस्ट्राजेनिका, फाइजर, मोडेर्ना र जोन्सेनलाई राखेको छ ।
नेपालबाट बेलायत आउँदा नेपालमा खोप लगाएको प्रमाण पेश गर्नुपर्ने छ । जुनसुकै देशबाट आए पनि खोप लगाएको प्रमाणमध्ये एनएचएस कोभिड पास, इयु डिजिटल कोभिड प्रमाणपत्र, रोग नियन्त्रण तथा रोकथाम शाखाको पूर्जी वा सम्बन्धित देशको स्वास्थ्य मन्त्रालयले प्रदान गरेको खोप लगाएको प्रमाणित गरेको प्रमाणपत्र यीमध्ये कुनै एक भए पुग्ने भनिएको छ । रासस
सम्बन्धित समाचार
-
अबको चुनावमा एमाले एक्लैले बहुमत ल्याउँछ, सरकारमा पुग्छ : ज्ञवाली
-
निहारिकाको मुद्दामा राष्ट्रपतिको चासो, कानून मन्त्री र महान्यायाधिवक्ता बोलाएर गरिन् ध्यानाकर्षण
-
ओली र लिङ्देनबीच भेटवार्ता
-
नेपाली कांग्रेस दल दर्ताको जिम्मेवारी मुख्य सचिव पौडेललाई
-
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
-
महाकाली नदीमा बगेर २ किशोरी बेपत्ता
-
भदौ ५ देखि ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप
-
मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरु अख्तियारको नियन्त्रणमा
-
देउवाले निरन्तर पेलेको भन्दै शेखर पक्षले बोलायो बैठक
-
शितलनिवासअघि निहारिकाको आत्मदाहको प्रयास, प्रहरीले जोगायो
-
गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या
-
आज रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइँदै
Leave a Reply