महासचिवमा फेरि दोहोरिन्न : ईश्वर पोखरेल
२४ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले महासचिवमा आफू फेरि नदोहोरिने बताएका छन् । आज पोखरेलले सञ्चारकर्मीसँग बडादशैं शुभकामना आदानप्रदान गर्दै आफू दुईचोटी महासचिव भइसकेको भन्दै अब फेरि नदोहोरिने बताएका हुन् ।
म दुईपटक एमालेको महासचिव भइसकें, तपाईंहरुलाई स्पष्ट भन्छु, अब म महासचिवमा दोहोरिन्न पोखरेलले भने । उनले अबको आफ्नो भूमिका के हुने कस्तो हुने भन्ने टिममा भर पर्ने भन्दै एमालेमा आगामी नेतृत्वमा कुनै हानथाप नभएको समेत स्पष्ट पारे ।
महासचिव पोखरेललाई पत्रकारहरूले तपाई आगामी दिनमा वरिष्ठ उपाध्यक्ष हुने कि अध्यक्ष हुने ? भनेर गरेको प्रश्नमा स्पष्ट पार्न भने चाहेनन् । पोखरेलले एमाले नेतृत्वको सरकारले गरेका कामहरू घोषणापत्र अनुसार भएकी भएनन् भनेर रिडिङ गर्न आग्रह समेत गरे । नेकपा एमालेले आगामी मंसिरमा नेतृत्व चयनका लागि दशौं राष्ट्रिय महाधिवेशन गर्दैछ । फरक प्रसङ्गमा पोखरेलले अहिले देशमा दुईवटा राजनीतिक पोल रहेको भन्दै एउटा पोलको नेतृत्व नेकपा एमालेले गरेको बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply