महाकालीले कटान गरेको ‘भाइरल रोड’ निरीक्षण गरेर फर्किए प्रधानमन्त्री
५ कातिक, महेन्द्रनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरको महाकाली नदीले गरेको क्षतिको निरीक्षण गरेका छन् । शुक्रबार बिहान हेलिकप्टरमार्फत महेन्द्रनगर पुगेका देउवाले महाकाली नदीले कटान गरेको भाइरल रोडको स्थलगत अवलोकन गरेर फर्किएका हुन् ।
निरीक्षणपछि प्रधानमन्त्री देउवाले बाढीले गरेको क्षतिको तथ्याङ्क संकलन गरेर गुरुयोजना बनाएर समस्याको समाधान गर्ने बताएका छन् । सुदूरपश्चिममा बाढी र पहिरोबाट पीडादायी भएको बताउँदै सरकारले त्यसको सम्बोधन स्पष्ट पारे ।
बिहीबार बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा कञ्चनपुरको दोधारा चादनी पुगेर स्थलगत अवलोकन गरेका थिए । प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन मन्त्री प्रेम आले, पुर्वमन्त्रीहरु रमेश लेखक, एनपी साउद र बीरबहादुर बलायर समेत सहभागी छन् ।
प्रधानमन्त्री देउवाले डोटी, बझाङ्ग, बैतडी, डडेल्धुरा हुँदै बाढीको क्षति र अवस्थाबारे बिहीबार साझँ कञ्चनपुर पुगेर स्थलगन जानकारी लिएका हुन । कञ्चनपुरमा महाकाली नदीमा आएको बाढीले भीमदत्तनगरपालिका–९, ११, १२ र १३ नं. वडा र दोधारा चादँनीमा क्षति पुर्याएको थियो । बाढीले महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलसँगै बनिरहेको ६ लेनको पहुँच मार्ग (भाइरल रोड) को केही भाग कटान गरेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply