बार पदाधिकारीसँगको छलफलपछि प्रधानन्यायाधीशले बोलाए ‘फुल कोर्ट’

७ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मंगलबारदेखि गोला प्रथाका आधारमा पेसी तोक्ने प्रतिवद्धता जनाएका छन् । नेपाल बार र सर्वोच्च बारका प्रतिनिधिसँगको भेटमा उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
प्रधानन्यायाधीशले भोलि नै फूलकोर्ट बोलाउन तयार रहेको पनि बताएका थिए । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितको टोलीसँग आइतबार बिहान ११ बजेदेखि तीन घण्टासम्म छलफलपछि प्रधानन्यायाधीशले यस्तो निर्णय लिएका हुन् ।
वार्तामा सहभागी बारका एक जना पदाधिकारीका अनुसार पछिल्लो समय सर्वोच्चमा देखिएका समस्या र विवादलाई लिएर उक्त ‘फुल कोर्ट’ मा छलफल हुनेछ । प्रधानन्यायाधीश जबरा कांग्रेस नेतृत्वको गठबन्धन सरकारसँग भाग मागेको, गम्भीर मुद्दाहरुको सुनुवाइमा लापरबाही गरेकोसहितका अनेक आरोपबीच घेराबन्दीमा परेका छन् ।
बारका पदाधिकारीहरुले छलफलका क्रममा न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यन्वयनका लागि १५ दिने अल्टिमेटम पनि दिएका छन् । यो कुरा भेट्न जानुअघि अध्यक्ष श्रेष्ठले जानकारी दिएका थिए । बारले पेसी तोक्ने प्रणाली स्वचालित बनाउन पनि माग गरेको छ ।
समितिले न्यायालयभित्रका विकृति औंल्याउँदै यसको अन्त्यका लागि गर्नुपर्ने सुधारसहितको सुझाव दिएको थियो । त्यही प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा नेपाल बारले प्रधानन्यायाधीशलाई दबाब दिएको हो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply