बार पदाधिकारीसँगको छलफलपछि प्रधानन्यायाधीशले बोलाए ‘फुल कोर्ट’
७ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मंगलबारदेखि गोला प्रथाका आधारमा पेसी तोक्ने प्रतिवद्धता जनाएका छन् । नेपाल बार र सर्वोच्च बारका प्रतिनिधिसँगको भेटमा उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
प्रधानन्यायाधीशले भोलि नै फूलकोर्ट बोलाउन तयार रहेको पनि बताएका थिए । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितको टोलीसँग आइतबार बिहान ११ बजेदेखि तीन घण्टासम्म छलफलपछि प्रधानन्यायाधीशले यस्तो निर्णय लिएका हुन् ।
वार्तामा सहभागी बारका एक जना पदाधिकारीका अनुसार पछिल्लो समय सर्वोच्चमा देखिएका समस्या र विवादलाई लिएर उक्त ‘फुल कोर्ट’ मा छलफल हुनेछ । प्रधानन्यायाधीश जबरा कांग्रेस नेतृत्वको गठबन्धन सरकारसँग भाग मागेको, गम्भीर मुद्दाहरुको सुनुवाइमा लापरबाही गरेकोसहितका अनेक आरोपबीच घेराबन्दीमा परेका छन् ।
बारका पदाधिकारीहरुले छलफलका क्रममा न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यन्वयनका लागि १५ दिने अल्टिमेटम पनि दिएका छन् । यो कुरा भेट्न जानुअघि अध्यक्ष श्रेष्ठले जानकारी दिएका थिए । बारले पेसी तोक्ने प्रणाली स्वचालित बनाउन पनि माग गरेको छ ।
समितिले न्यायालयभित्रका विकृति औंल्याउँदै यसको अन्त्यका लागि गर्नुपर्ने सुधारसहितको सुझाव दिएको थियो । त्यही प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा नेपाल बारले प्रधानन्यायाधीशलाई दबाब दिएको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply