सर्वोच्च अदालतभित्रै वकिल र प्रहरीबीच घम्साघम्सी, बार महासचिवसहित ६ जना घाइते

२५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतभित्रै वकिल र प्रहरीबीच झडप हुँदा ६ जना घाइते भएका छन् । नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल, पूर्व उपाध्यक्ष कुमार शर्मा आचार्य, पूर्वकेन्द्रीय सदस्य रमण कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएको नेपाल बार एशोसिएनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईले बताए ।
उनले भने, प्रहरीको लाठ्ठी चार्जबाट उहाँहरु घाइते हुनु भएको हो ।
कानूनी व्यवसायीहरुले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रदर्शन गरिरहेका छन् । मूल ढोकामा विरोध प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसपछि अदालत परिसरमा अहिले वकिल र प्रहरीबीच घम्साघम्सी भइरहेको छ । भिड नियन्त्रणका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारीले सशस्त्र प्रहरी बलको टोली पनि परिचालन गर्न आदेश दिएका छन् ।
सर्वोच्चभित्रै कानुन व्यवसायीले ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे, प्रहरी हस्तक्षेप बन्द गर, भन्दै नाराबाजी गरिरहेका छन् । प्रहरीले बल प्रयोग गरेपछि ‘चोलेन्द्रका मतियार होसियार’ भन्दै वकिलले नाराबाजी गरिरहेका छन् ।
प्रधानन्यायाधीश राणाले राजीनामा नदिने अडान कायमै राख्दै नियमित मुद्दाको पेशी तोक्न थालेपछि आन्दोलन चर्किन थालेको हो । बिहीबार उपत्यकाका सबै अदालतमा वकिलहरूले दुई घण्टा इजलास बहिस्कार गरेका छन् । राणाको राजीनामा नआएसम्म आन्दोलन जारी रहने नेपाल बार एसोसिएसनका सचिव लीलामणि पौडेलले बताए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply