सर्वोच्च अदालतभित्रै वकिल र प्रहरीबीच घम्साघम्सी, बार महासचिवसहित ६ जना घाइते
२५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतभित्रै वकिल र प्रहरीबीच झडप हुँदा ६ जना घाइते भएका छन् । नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल, पूर्व उपाध्यक्ष कुमार शर्मा आचार्य, पूर्वकेन्द्रीय सदस्य रमण कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएको नेपाल बार एशोसिएनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईले बताए ।
उनले भने, प्रहरीको लाठ्ठी चार्जबाट उहाँहरु घाइते हुनु भएको हो ।
कानूनी व्यवसायीहरुले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रदर्शन गरिरहेका छन् । मूल ढोकामा विरोध प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसपछि अदालत परिसरमा अहिले वकिल र प्रहरीबीच घम्साघम्सी भइरहेको छ । भिड नियन्त्रणका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारीले सशस्त्र प्रहरी बलको टोली पनि परिचालन गर्न आदेश दिएका छन् ।
सर्वोच्चभित्रै कानुन व्यवसायीले ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे, प्रहरी हस्तक्षेप बन्द गर, भन्दै नाराबाजी गरिरहेका छन् । प्रहरीले बल प्रयोग गरेपछि ‘चोलेन्द्रका मतियार होसियार’ भन्दै वकिलले नाराबाजी गरिरहेका छन् ।
प्रधानन्यायाधीश राणाले राजीनामा नदिने अडान कायमै राख्दै नियमित मुद्दाको पेशी तोक्न थालेपछि आन्दोलन चर्किन थालेको हो । बिहीबार उपत्यकाका सबै अदालतमा वकिलहरूले दुई घण्टा इजलास बहिस्कार गरेका छन् । राणाको राजीनामा नआएसम्म आन्दोलन जारी रहने नेपाल बार एसोसिएसनका सचिव लीलामणि पौडेलले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply