५८ जिल्लामा छान्यो एमालेले महाधिवेशन प्रतिनिधि

काठमाडौं, २८ कात्तिक । नेकपा एमालेले ५८ जिल्लामा महाधिवेशन प्रतिनिधि छनौट सकेको छ । चितवनमा १०–१२ मंसिरमा हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि शनिबार र आइतबार ८५ प्रतिशत प्रतिनिधि चयन भइसकेको एमालेले जनाएको छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईले आइतबार प्रेस विज्ञप्ति जारी गरी अधिकांश जिल्लामा सर्वसम्मतिले प्रतिनिधि चयन भएको जनाएका छन् ।
पार्टीले निर्धारण गरेको मापदण्ड अनुसार खुल्ला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको उनले बताए । अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसंगठन र प्रवासबाट समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधि निर्वाचित भइसकेको विज्ञप्तिमा उल्लेख छ । एमालेले ३० कात्तिकसम्म प्रतिनिधि चयन गरी केन्द्रमा सम्पूर्ण अभिलेख पठाउन निर्देश गरिसकिएको छ ।
प्रतिनिधि चयन भएका जिल्लाहरु
प्रदेश–१
पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, मोरङ, धनकुटा, सोलुखुम्बू, ओखलढुंगा, उदयपुर, खोटाङ र भोजपुर ।
बागमती प्रदेश
दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुर ।
उपत्यका विशेष कमिटी
पेशागत, युवा विद्यार्थी, मजदुर र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी ।
गण्डकी प्रदेश
गोरखा, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङजा, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ र मनाङ ।
लुम्बिनी प्रदेश
गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रुकुम, रोल्पा, बाँके र बर्दिया ।
कर्णाली प्रदेश
हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेत ।
सुदूरपश्चिम प्रदेश
दार्चुला, बैतडी, बझाङ र डडेल्धुरा
छनौट प्रक्रिया जारी रहेका जिल्ला
कञ्चनपुर, कैलाली, अछाम, डोटी र बाजुरा
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply