५८ जिल्लामा छान्यो एमालेले महाधिवेशन प्रतिनिधि
काठमाडौं, २८ कात्तिक । नेकपा एमालेले ५८ जिल्लामा महाधिवेशन प्रतिनिधि छनौट सकेको छ । चितवनमा १०–१२ मंसिरमा हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि शनिबार र आइतबार ८५ प्रतिशत प्रतिनिधि चयन भइसकेको एमालेले जनाएको छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईले आइतबार प्रेस विज्ञप्ति जारी गरी अधिकांश जिल्लामा सर्वसम्मतिले प्रतिनिधि चयन भएको जनाएका छन् ।
पार्टीले निर्धारण गरेको मापदण्ड अनुसार खुल्ला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको उनले बताए । अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसंगठन र प्रवासबाट समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधि निर्वाचित भइसकेको विज्ञप्तिमा उल्लेख छ । एमालेले ३० कात्तिकसम्म प्रतिनिधि चयन गरी केन्द्रमा सम्पूर्ण अभिलेख पठाउन निर्देश गरिसकिएको छ ।
प्रतिनिधि चयन भएका जिल्लाहरु
प्रदेश–१
पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, मोरङ, धनकुटा, सोलुखुम्बू, ओखलढुंगा, उदयपुर, खोटाङ र भोजपुर ।
बागमती प्रदेश
दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुर ।
उपत्यका विशेष कमिटी
पेशागत, युवा विद्यार्थी, मजदुर र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी ।
गण्डकी प्रदेश
गोरखा, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङजा, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ र मनाङ ।
लुम्बिनी प्रदेश
गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रुकुम, रोल्पा, बाँके र बर्दिया ।
कर्णाली प्रदेश
हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेत ।
सुदूरपश्चिम प्रदेश
दार्चुला, बैतडी, बझाङ र डडेल्धुरा
छनौट प्रक्रिया जारी रहेका जिल्ला
कञ्चनपुर, कैलाली, अछाम, डोटी र बाजुरा
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply