प्रदेश–१ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

३० कात्तिक, मोरङ । प्रदेश–१ का नव निर्वाचित मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज विश्वासको मत लिँदै छन् । प्रदेशसभा सचिवालयका अनुसार गत आइतबार मुख्यमन्त्री राईले विश्वासको मत लिन चाहेको सूचना संसद् सचिवालयमा दर्ता गराइसकाले आज बस्ने प्रदेशसभा बैठकमा त्यसमा छलफल हुनेछ ।
यसअघिका मुख्यमन्त्री एमाले नेता भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राई यही कात्तिक १६ गते प्रदेश १ को सरकारको नेतृत्वमा पुगेका हुन् । राईले विश्वासको मत लिएपछि मात्र गठबन्धनको सहमतिमा प्रदेशको मन्त्रिमण्डल विस्तार गर्ने बताएका छन् । राई पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री भएका हुन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले उनलाई समर्थन गरेका छन् ।
प्रदेश–१ को प्रदेशसभामा हाल कायम सदस्य संख्या ९२ छ । बहुमतका लागि ४७ मत आवश्यक पर्छ । पाँच दलीय सत्ता गठबन्धनसँग ५० सांसद छन् । गठबन्धनमा रहेका कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मञ्चका एक सांसद छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग ४१ जना सांसद छन् । यसमा पनि एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा ३९ मात्रै हुन्छ । त्यसैले सत्ता गठबन्धनले सजिलै विश्वासको मत पाउने अवस्था छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply