प्रदेश–१ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै
३० कात्तिक, मोरङ । प्रदेश–१ का नव निर्वाचित मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज विश्वासको मत लिँदै छन् । प्रदेशसभा सचिवालयका अनुसार गत आइतबार मुख्यमन्त्री राईले विश्वासको मत लिन चाहेको सूचना संसद् सचिवालयमा दर्ता गराइसकाले आज बस्ने प्रदेशसभा बैठकमा त्यसमा छलफल हुनेछ ।
यसअघिका मुख्यमन्त्री एमाले नेता भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राई यही कात्तिक १६ गते प्रदेश १ को सरकारको नेतृत्वमा पुगेका हुन् । राईले विश्वासको मत लिएपछि मात्र गठबन्धनको सहमतिमा प्रदेशको मन्त्रिमण्डल विस्तार गर्ने बताएका छन् । राई पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री भएका हुन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले उनलाई समर्थन गरेका छन् ।
प्रदेश–१ को प्रदेशसभामा हाल कायम सदस्य संख्या ९२ छ । बहुमतका लागि ४७ मत आवश्यक पर्छ । पाँच दलीय सत्ता गठबन्धनसँग ५० सांसद छन् । गठबन्धनमा रहेका कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मञ्चका एक सांसद छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग ४१ जना सांसद छन् । यसमा पनि एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा ३९ मात्रै हुन्छ । त्यसैले सत्ता गठबन्धनले सजिलै विश्वासको मत पाउने अवस्था छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply