लुम्बिनी प्रदेश र ललितपुर जिल्लाका प्रहरी प्रमुख फेरिए
५ मंसिर,काठमाडौं । गृह मन्त्रालयले लुम्बिनी प्रदेशका डीआईजी मुकुन्दराज आचार्यको सरुवा गरेको छ । आचार्यलाई चार महिनामै हटाइएको छ । उनले २०७८ असार ७ मा लुम्बिनी प्रदेशको कमाण्ड लिएका थिए । लुम्बिनीमा डीआईजी प्रकाश अधिकारीलाई सरुवा गरिएको गृह मन्त्रालयका एक जना उच्च अधिकारीले बताए । आचार्यलाई भने लागु औषध नियन्त्रण ब्यूरोमा सरुवा गरिएको छ ।
आचार्यको कार्यसम्पादन कमजोर देखिएको प्रहरी प्रधान कार्यालयले गरेको छानबिनबाट देखिएको छ । आचार्यले गलत नियत राखेर कारबाही गरेपछि तत्कालीन ईलाका प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिमका इन्स्पेक्टर कपिल वाग्लेले मृत्यु रोजेको आरोप छ ।
साउन २५ मा मोटरसाइकलमा ठोक्किएर वाग्लेको मृत्यु भएको थियो । आईजीपीको सचिवालयमा कार्यरत डीआईजी वसन्त कुमार लामालाई प्रबन्ध निर्देशनालयमा सरुवा गरिएको छ ।
गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपीको सरुवा गरेको छ । ललितपुरमा एसएसपी यज्ञविनोद पोखरेललाई काज सरुवा गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताए ।
ललितपुरमा कार्यरत किरण बज्रचार्यलाई प्रहरी प्रधान कार्यालयस्थित अन्वेषण योजना निर्देशनालयमा सरुवा गरिएको छ । एसएसपी दिपक थापालाई प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट तालिम निर्देशनालयमा सरुवा गरिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply