५ मंसिर २०७८, आईतवार ०६:५६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रदेश–२ मा नेकपा (एकीकृत समाजवादी) बाट दुई मन्त्रीले लिए शपथ
५ मंसिर, जनकपुर । नेकपा (एकीकृत समाजवादी) प्रदेश नम्बर–२ सरकारमा सहभागी भएको छ । आइतबार बिहान नेकपा (एकीकृत समाजवादी) बाट दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेश मामिलामन्त्रीमा प्रमोद यादवलाई शपथ खुवाएका हुन् ।
अब प्रदेशमा चारदलीय गठबन्धनको सरकार भएको छ । जनता समाजवादी पार्टी (जसपा)को नेतृत्वमा नेपाली कांग्रेस तीन, नेकपा (एकीकृत समाजवादी) दुई र नेकपा (माओवादी केन्द्र) एक मन्त्रालयसहित सरकारमा छन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रमुख प्रतिपक्षी दल बनेको छ । नेकपा (एमाले) र लोसपा सरकार बाहिर छन् ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply