५ मंसिर २०७८, आईतवार ०६:५६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रदेश–२ मा नेकपा (एकीकृत समाजवादी) बाट दुई मन्त्रीले लिए शपथ
५ मंसिर, जनकपुर । नेकपा (एकीकृत समाजवादी) प्रदेश नम्बर–२ सरकारमा सहभागी भएको छ । आइतबार बिहान नेकपा (एकीकृत समाजवादी) बाट दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेश मामिलामन्त्रीमा प्रमोद यादवलाई शपथ खुवाएका हुन् ।
अब प्रदेशमा चारदलीय गठबन्धनको सरकार भएको छ । जनता समाजवादी पार्टी (जसपा)को नेतृत्वमा नेपाली कांग्रेस तीन, नेकपा (एकीकृत समाजवादी) दुई र नेकपा (माओवादी केन्द्र) एक मन्त्रालयसहित सरकारमा छन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रमुख प्रतिपक्षी दल बनेको छ । नेकपा (एमाले) र लोसपा सरकार बाहिर छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply