दुर्गममा उडान भर्न आठ नयाँ जहाज थप्दै बुद्ध एयर

५ मंसिर, काठमाडौं । निजी क्षेत्रको बुद्ध एयर लाइन्सले ८ नयाँ जहाज थप्ने भएको छ । दुर्गमलाई सुगम बनाउने योजना अन्तर्गत नयाँ जहाज थप गर्न लागिएको एयरलाइन्सले बताएको छ । बुद्धले सन् २०२३ को शुरुवातदेखि नयाँ जहाजबाट हवाईसेवा चालु गर्ने भएको छ ।
नयाँ जहाजको खरिद तयारीका लागि बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत ट्वीनअटर विमान निर्मातासँग छलफल गरेका छन् । ‘प्रबन्ध निर्देशक बस्नेत ट्वीनअटर विमान निर्माता कम्पनी भाइकिङ एयर लिमिटेडका सेल्स एन्ड मार्केटिङ सिनियर एक्जुकेटिभ भाइस प्रेसिडेन्ट रोव मोराचसँग दुबई एयर शोमा भेटवार्ता भएको छ, बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने ।
हाल मुख्य सहरमा उडान गरिरहेको बुद्धले नयाँ जहाजले दुर्गममा उडान गर्ने जनाएको छ । दुर्गममा उडानका लागि पूर्वमा मन्थली, पश्चिममा पोखरा, कर्णाली र सुदूरपश्चिमका लागि नेपालगञ्ज विमानस्थललाई हव बनाएर जहाजले उडान गर्ने छ । सूचना अधिकारी कर्णले २०२३ को सुरुवातबाटै ४ वटा जहाजले उडान भर्ने जनाएका छन् । बुद्ध एयरले सन् २०२४ मा थप २ वटा र क्रमश २०२५ र २०२६ मा क्रमश २–२ वटा जहाज थप्ने योजना बनाएको छ । बुद्धले अबको ५ वर्षसम्ममा ८ जहाजले दुर्गममा उडान भर्ने जनाएको छ।
मुख्य सहरमा उडान भरिरहेको बुद्ध एयरले पछिल्लो वर्ष प्रादेशिक उडानमा बढी ध्यान दिएको छ । पोखरालाई केन्द्रबिन्दु बनाएर भरतपुर–पोखरा, भैरहवा–पोखरा, नेपालगञ्ज–पोखरा, विराटनगर–पोखरा उडान गर्ने जनाएका छन् । हाल बुद्ध एयरसँग १५ वटा जहाज छन् । बुद्धसँग सबैभन्दा बढी १० एटीआर ७२ जहाज छन् । एटीआर ७२ सन् २०१० देखि नेपालमा बुद्धले उडान शुरु गरेको हो । एटीआर ४२ मा ४७ जनासम्म बोक्न सक्छन् । त्यस्तै बुद्ध एयरले बिचक्राफ्ट १९०० डी जहाज उडान गर्दै आएको छ । २ वटा ब्रिचक्राफ्ट रहेको जहाजमा १९ सिटे रहेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
Leave a Reply