सर्वोच्चमा मंसिर १५ देखि गोला प्रथा लागू गरिने, बिहीबार ‘फुलकोर्ट’ बैठकको माग
८ मंसिर,काठमाडौं, । एक महिनादेखि आन्दोलनरत सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिहीबार ‘फुलकोर्ट’ बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको छ ।
आज प्रधानन्यायाधीश जबरा बाहेक बसेको सर्वोच्चका न्यायाधीशहरूको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले भोलि फुलकोर्ट बैठक बोलाएर मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने गरी अघि बढ्न माग गर्ने निर्णय गरेको हो । यसअघि सर्वोच्च अदालतका न्यायाधीशहरू नै सम्मिलित फुलकोर्टले बनाएको नियममा पनि त्रुटि रह्यो, जसका कारण नियमावली संशोधन भई निर्देशिका बनेको एक साता हुँदा पनि सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी व्यवस्थापन शुरु हुन सकेको थिएन ।
एक साताअघि सर्वोच्च अदालतका २० मध्ये १८ न्यायाधीश (प्रधानन्यायाधीश बिनाको फुलकोर्ट र एक न्यायाधीश अमेरिकामा) बसेर सर्वोच्च अदालत नियमावलीमा संशोधन गर्दै निर्देशिका समेत पास गरे । सर्वोच्च अदालत नियमावली २०७४ लाई संशोधन गर्दै पेसी तोक्ने व्यवस्था प्रधानन्यायाधीशले नभएर ‘पेसी व्यवस्थापन निर्देशन समिति’ले गर्ने निर्णय गरे । अनि प्रधानन्यायाधीशले तोकेको पेसीमा नबस्ने र उनीसँग बेञ्च शेयर पनि नगर्ने घोषणा गरेका न्यायाधीशहरू त्यसपछि नियमित इजलासमा फर्कने तयारी थियो । तर नियममा पनि त्रुटि देखिएपछि गोलाप्रथाबाट पेसी व्यवस्थापन हुन सकेको थिएन ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply