प्रधानन्यायाधीश राणालाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास

९ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बिरोधमा आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास हुने भएको छ । नेपाल बार एशोसिएशनलगायत विभिन्न संघसंस्थाले संयुक्त रुपमा मार्चपास गर्न लागेका हुन् ।
नेपाल बार एशोेसिएशन, बृहत् नागरिक आन्दोलन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल ईन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ र नेपाल आदिवासी जनजाति महासंघले प्रधानन्यायाधीश राणालाई पदमुक्त गर्न माग गर्दै मार्चपास गर्ने भएका हुन् ।
प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग लगाउन र उनको सम्पत्ति छानविन गर्न माग गर्दै सर्वोच्च अदालतबाट दिउँसो २ बजे शुरू हुने न्याय मार्चपास वालुवाटार पुगेर सकिने जनाइएको छ । मार्चपासमा सहभागी हुने बारसहितका पेशागत संघसंस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै आह्वान गरेका छन् ।
देशमा न्याय शून्यताको अवस्था सिर्जना भएको भन्दै विज्ञप्तिमा प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग लगाउन र सम्पत्ति छानविन गर्न माग गरिएको छ । नेपाल बारले यसअघि सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राणाविरुद्ध महाअभियोग लगाउनभन्दै त्यसका लागि आधार समेत दिएको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply