प्रधानन्यायाधीश राणालाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास
९ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बिरोधमा आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास हुने भएको छ । नेपाल बार एशोसिएशनलगायत विभिन्न संघसंस्थाले संयुक्त रुपमा मार्चपास गर्न लागेका हुन् ।
नेपाल बार एशोेसिएशन, बृहत् नागरिक आन्दोलन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल ईन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ र नेपाल आदिवासी जनजाति महासंघले प्रधानन्यायाधीश राणालाई पदमुक्त गर्न माग गर्दै मार्चपास गर्ने भएका हुन् ।
प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग लगाउन र उनको सम्पत्ति छानविन गर्न माग गर्दै सर्वोच्च अदालतबाट दिउँसो २ बजे शुरू हुने न्याय मार्चपास वालुवाटार पुगेर सकिने जनाइएको छ । मार्चपासमा सहभागी हुने बारसहितका पेशागत संघसंस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै आह्वान गरेका छन् ।
देशमा न्याय शून्यताको अवस्था सिर्जना भएको भन्दै विज्ञप्तिमा प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग लगाउन र सम्पत्ति छानविन गर्न माग गरिएको छ । नेपाल बारले यसअघि सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राणाविरुद्ध महाअभियोग लगाउनभन्दै त्यसका लागि आधार समेत दिएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply