एमालेलाई जिम्मेवार राजनीतिक दलको रुपमा हेर्न पाइयोस् : प्रधानमन्त्री

१० मंसिर, चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सबै पार्टीको एउटै लक्ष्य हुनुपर्ने बताएका छन् । चितवनमा आयोजित नेकपा एमालेको दशौं राष्ट्रिय समाधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देश र जनतासँग जोडिएका मुद्दामा सबैको समानता हुनुपर्ने बताए ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशन आयोजनाको बधाई दिँदै दलहरुबीच छलफल र सद्भाव निकाल्न चाहेको बताए ।
लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न हामी सफल भएका छौं । यसलाई संस्थाग गर्ने जिम्मेवारी हामी सबै राजनीतिक दलको छ । हामीहरुबीच मत भिन्नता छन्, त्यसैले हामी अलग–अलग दलमा आबद्ध छौं । तर राष्ट्रिय स्वाधीनताको रक्षा गर्न हामी सबै पार्टीको लक्ष्य एउटै हुनुपर्छ । देश र जनतासँग जोडिएका मुद्दामा हामीबीच समानता हुनुपर्छ, उनले भने ।
उनले सरकार नागरिकको जीवन रक्षा गर्न कटिबद्ध रहेको बताउँदै देश र जनतालाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता जाहेर गरे । उनले एमालेलाई जिम्मेवार दलका रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् । नयाँ संविधानमार्फत् लोकतन्त्रका मूल्य–मान्यतालाई संस्थागत गर्ने अभियानमा जिम्मेदार राजनीतिक दलको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्न नेकपा एमालेलाई आग्रह चाहन्छु, प्रधानमन्त्री देउवाले भने ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply