एमालेलाई जिम्मेवार राजनीतिक दलको रुपमा हेर्न पाइयोस् : प्रधानमन्त्री
१० मंसिर, चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सबै पार्टीको एउटै लक्ष्य हुनुपर्ने बताएका छन् । चितवनमा आयोजित नेकपा एमालेको दशौं राष्ट्रिय समाधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देश र जनतासँग जोडिएका मुद्दामा सबैको समानता हुनुपर्ने बताए ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशन आयोजनाको बधाई दिँदै दलहरुबीच छलफल र सद्भाव निकाल्न चाहेको बताए ।
लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न हामी सफल भएका छौं । यसलाई संस्थाग गर्ने जिम्मेवारी हामी सबै राजनीतिक दलको छ । हामीहरुबीच मत भिन्नता छन्, त्यसैले हामी अलग–अलग दलमा आबद्ध छौं । तर राष्ट्रिय स्वाधीनताको रक्षा गर्न हामी सबै पार्टीको लक्ष्य एउटै हुनुपर्छ । देश र जनतासँग जोडिएका मुद्दामा हामीबीच समानता हुनुपर्छ, उनले भने ।
उनले सरकार नागरिकको जीवन रक्षा गर्न कटिबद्ध रहेको बताउँदै देश र जनतालाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता जाहेर गरे । उनले एमालेलाई जिम्मेवार दलका रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् । नयाँ संविधानमार्फत् लोकतन्त्रका मूल्य–मान्यतालाई संस्थागत गर्ने अभियानमा जिम्मेदार राजनीतिक दलको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्न नेकपा एमालेलाई आग्रह चाहन्छु, प्रधानमन्त्री देउवाले भने ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply