जाजरकोटमा बस दुर्घटना : पाँचको मृत्यु, २७ घाइते

१२ मंसिर, जाजरकोट । जाजरकोटमा गए राति रात्रिबस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । नेपालगञ्जबाट जाजरकोटको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस जाजरकोटको कुदु बराहचौर नजिक दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।
प्रहरीका अनुसार आज बिहान २ बजे बस सडकबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा २७ जना घाइते भएका छन् । राति २ बजे भएको दुर्घटनामा मृत्यु हुनेमा नलगाड ३ करुवाका शेरबहादुर परियार, आठबिसकोट ४ की दिब्या शाही र सप्तरी राजविराज १ घर भएका र हाल दीपेन्द्र आधारभूत विद्यालय सक्ला जाजरकोटमा कार्यरत गंगाराम यादव रहेका छन्। अन्य दुई जनाको भने सनाखत हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए।
घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। स्यालले बाटो काटिरहेका बेला जोगाउन खोज्दा गाडी पल्टिएको चालक चित्रबहादुर देनारले बताएको प्रहरीले जानाएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी घाइते छन्।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply