जाजरकोटमा बस दुर्घटना : पाँचको मृत्यु, २७ घाइते
१२ मंसिर, जाजरकोट । जाजरकोटमा गए राति रात्रिबस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । नेपालगञ्जबाट जाजरकोटको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस जाजरकोटको कुदु बराहचौर नजिक दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।
प्रहरीका अनुसार आज बिहान २ बजे बस सडकबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा २७ जना घाइते भएका छन् । राति २ बजे भएको दुर्घटनामा मृत्यु हुनेमा नलगाड ३ करुवाका शेरबहादुर परियार, आठबिसकोट ४ की दिब्या शाही र सप्तरी राजविराज १ घर भएका र हाल दीपेन्द्र आधारभूत विद्यालय सक्ला जाजरकोटमा कार्यरत गंगाराम यादव रहेका छन्। अन्य दुई जनाको भने सनाखत हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए।
घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। स्यालले बाटो काटिरहेका बेला जोगाउन खोज्दा गाडी पल्टिएको चालक चित्रबहादुर देनारले बताएको प्रहरीले जानाएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी घाइते छन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply