बक्यौता नतिरेपछि सुमार्गीको हेलो नेपालको अनुमतिपत्र खारेज

१२ मंसिर, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले नेपाल सेटलाइट टेलिकम (हेलो नेपाल) को अनुमतिपत्र खारेज गरिदिएको छ । व्यवसायी अजेयराज सुमार्गीको लगानी रहेको हेलो नेपालले २०७७ /७८ को कित्ताको बक्यौताबापत् करिब ३२ करोड रुपैयाँ बक्यौता नतिरेपछि प्राधिकरणले अनुमति पत्र खारेज गरेको स्रोतले जानकारी दिएको छ ।
यसअघि पनि प्राधिकरणले २०७६ मा बक्यौता नतिरेको भन्दै हेलो नेपालको अनुमतिपत्र खारेज गरेको थियो । प्राधिकरणको उक्त निर्णयविरुद्ध हेलो नेपालले सरकारलाई गुहारेको थियो । प्राधिकरणको अनुमतिपत्र खारेज गर्ने निर्णय मन्त्रिपरिषद्ले अस्वीकार गर्दै हेलो नेपाललाई बक्यौता पाँच किस्तामा (एक वर्षको एक कित्ता) तिर्ने निर्णय २०७६ साल पुसमै गरेको थियो । मन्त्रिपरिषद्ले तोकिएको कित्तामा हेलो नेपालले रकम नबुझाए कानूनअनुसार कारवाही गर्ने अख्तियारी प्राधिकरणलाई दिएको थियो ।
मन्त्रिपरिषद्कै निर्णयमा रहेर प्राधिकरणले दोस्रो पटक हेलो नेपालको अनुमतिपत्र खारेज गरिदिएको हो । किस्ता प्राधिकरणले पछिल्लो पटक हेलो नेपाललाई १५ दिनको स्पष्टिकरण सोधेको थियो । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै प्राधिकरणलाई गत शुक्रबार हेलो नेपालको अनुमति पत्र खारेज गर्ने निर्णय गरेको छ ।
हेलो नेपालले सरकारलाई विभिन्न शीर्षकका बक्यौताबापत करिब ८० करोड रुपैयाँ बुझाउन बाँकी छ । हेलो नेपालले प्राधिकरणको पछिल्लो निर्णयविरुद्ध सञ्चार मन्त्रालयमा पुनः निवेदन दिन सक्ने जनाइएको छ । हेलो नेपालले आधारभूत दूरसञ्चार सेवाअन्तर्गत मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा सेवा दिन प्राधिकरणबाट अनुमति पाएको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply