बक्यौता नतिरेपछि सुमार्गीको हेलो नेपालको अनुमतिपत्र खारेज
१२ मंसिर, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले नेपाल सेटलाइट टेलिकम (हेलो नेपाल) को अनुमतिपत्र खारेज गरिदिएको छ । व्यवसायी अजेयराज सुमार्गीको लगानी रहेको हेलो नेपालले २०७७ /७८ को कित्ताको बक्यौताबापत् करिब ३२ करोड रुपैयाँ बक्यौता नतिरेपछि प्राधिकरणले अनुमति पत्र खारेज गरेको स्रोतले जानकारी दिएको छ ।
यसअघि पनि प्राधिकरणले २०७६ मा बक्यौता नतिरेको भन्दै हेलो नेपालको अनुमतिपत्र खारेज गरेको थियो । प्राधिकरणको उक्त निर्णयविरुद्ध हेलो नेपालले सरकारलाई गुहारेको थियो । प्राधिकरणको अनुमतिपत्र खारेज गर्ने निर्णय मन्त्रिपरिषद्ले अस्वीकार गर्दै हेलो नेपाललाई बक्यौता पाँच किस्तामा (एक वर्षको एक कित्ता) तिर्ने निर्णय २०७६ साल पुसमै गरेको थियो । मन्त्रिपरिषद्ले तोकिएको कित्तामा हेलो नेपालले रकम नबुझाए कानूनअनुसार कारवाही गर्ने अख्तियारी प्राधिकरणलाई दिएको थियो ।
मन्त्रिपरिषद्कै निर्णयमा रहेर प्राधिकरणले दोस्रो पटक हेलो नेपालको अनुमतिपत्र खारेज गरिदिएको हो । किस्ता प्राधिकरणले पछिल्लो पटक हेलो नेपाललाई १५ दिनको स्पष्टिकरण सोधेको थियो । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै प्राधिकरणलाई गत शुक्रबार हेलो नेपालको अनुमति पत्र खारेज गर्ने निर्णय गरेको छ ।
हेलो नेपालले सरकारलाई विभिन्न शीर्षकका बक्यौताबापत करिब ८० करोड रुपैयाँ बुझाउन बाँकी छ । हेलो नेपालले प्राधिकरणको पछिल्लो निर्णयविरुद्ध सञ्चार मन्त्रालयमा पुनः निवेदन दिन सक्ने जनाइएको छ । हेलो नेपालले आधारभूत दूरसञ्चार सेवाअन्तर्गत मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा सेवा दिन प्राधिकरणबाट अनुमति पाएको थियो ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply