कांग्रेस महाधिवेशन : टिम तयार गर्न बूढानीलकण्ठमा देउवाको छलफल
२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि संस्थापन र इतर समूह आ-आफ्नो तयारीमा जुटेका छन् ।
यसै क्रममा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न १४औं महाधिवेशनका विषयमा आफू निकट नेताहरूसँग आज छलफल गर्दैछन् । फेरि सभापतिमा उठ्ने तयारीमा रहेका देउवाले पदाधिकारीका विषयमा छलफल गर्न लागेका हुन् ।
त्यसका लागि देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा आज बिहान ९ बजे आफू निकट नेताहरूलाई बोलाएका छन् । छलफलपछि पदाधिकारीसहितका उम्मदेवारको टुंगो लगाउने तयारी रहेको बताइएको छ । विभिन्न पदमा आकांक्षी धेरै हुँदा देउवालाई आफ्नो टिम तयार गर्न हम्मे परेको छ ।
कांग्रेसको १४औं महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । महाधिवेशनमा छुट्टाछुट्टै प्यानलसहित प्रतिस्पर्धा गर्ने संस्थापन र संस्थापन इतर समूहको तयारी छ । साझा सभापतिको उम्मेद्वार टुङ्गो लगाउन इतर समूहको पनि आज वैठक बस्दैछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply