साझा उम्मेद्वार टुङ्गो लगाउन चाक्सीबारीमा पौडेल पक्षको वैठक शुरु
२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक प्रकाशमान सिंहको निवास चाक्सीबारीमा शुरु भएको छ । पार्टीको आसन्न १४औं महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार टुङ्गो लगाउन बैठक बस्न लागेको हो । आकांक्षी नेताहरु सहमतिको प्रयासका लागि बैठक बसेको नेता गगन थापाले जानकारी दिएका छन् ।
छलफल गरेर साझा उम्मेदवार तय गर्न नेताहरुलाई भनेका छौं । बैठकमा केन्द्रीय सदस्यहरु र वरिष्ठ नेताको सहभागी हुन्छ उनले भने । बिहानैदेखि छलफलमा जुटेको संस्थापन इतर समूहमा अझै सहमति हुन सकेको छैन । बिहान संस्थापन इतर समूहका जिल्ला सभापति, प्रदेशसभा निर्वाचनमा विजयी तथा आकांक्षी नेतासहितका नेताहरुको छलफल भएको थियो भने त्यसपछि पौडेल समूहका केन्द्रीय सदस्यहरूबीच छलफल भएको थियो ।
सो छलफलमा सभापतिका आकांक्षी प्रकाशमान सिंह र डा.शेखर कोइरालाबीच सहमति हुन नसकेको सन्दर्भमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई नै उम्मेदवारको प्रस्ताव गर्ने निणर्य भएको थियो । यही निष्कर्षका साथ प्रकाशमानको निवासमा केन्द्रीय सदस्यसहितको संयुक्त बैठक बसेर उम्मेदवारको टुङ्गो लगाउने तय भएकोमा सो अघि प्रकाशमान र महामन्त्री शशांक कोइरालाबीच ‘वान टु वाट’ वार्ता भएको छ ।
चाक्सिबारीस्थित प्रकाशमानको निवासमा भएको दुई नेताको भेटवार्तालाई अर्थपूणर् रुपमा हेरिएको छ । यद्यपि छलफलको विषय सार्वजनिक भएको छैन । शशांकले मंगलबारको छलफलमा आफू सभापतिको दौडबाट ब्याक हुने संकेत गरेका थिए भने रामचन्द्र पौडेलले पनि प्रकाशमान र शशांकबीच सहमतिको आग्रह गरेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply