साझा उम्मेद्वार टुङ्गो लगाउन चाक्सीबारीमा पौडेल पक्षको वैठक शुरु
२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक प्रकाशमान सिंहको निवास चाक्सीबारीमा शुरु भएको छ । पार्टीको आसन्न १४औं महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार टुङ्गो लगाउन बैठक बस्न लागेको हो । आकांक्षी नेताहरु सहमतिको प्रयासका लागि बैठक बसेको नेता गगन थापाले जानकारी दिएका छन् ।
छलफल गरेर साझा उम्मेदवार तय गर्न नेताहरुलाई भनेका छौं । बैठकमा केन्द्रीय सदस्यहरु र वरिष्ठ नेताको सहभागी हुन्छ उनले भने । बिहानैदेखि छलफलमा जुटेको संस्थापन इतर समूहमा अझै सहमति हुन सकेको छैन । बिहान संस्थापन इतर समूहका जिल्ला सभापति, प्रदेशसभा निर्वाचनमा विजयी तथा आकांक्षी नेतासहितका नेताहरुको छलफल भएको थियो भने त्यसपछि पौडेल समूहका केन्द्रीय सदस्यहरूबीच छलफल भएको थियो ।
सो छलफलमा सभापतिका आकांक्षी प्रकाशमान सिंह र डा.शेखर कोइरालाबीच सहमति हुन नसकेको सन्दर्भमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई नै उम्मेदवारको प्रस्ताव गर्ने निणर्य भएको थियो । यही निष्कर्षका साथ प्रकाशमानको निवासमा केन्द्रीय सदस्यसहितको संयुक्त बैठक बसेर उम्मेदवारको टुङ्गो लगाउने तय भएकोमा सो अघि प्रकाशमान र महामन्त्री शशांक कोइरालाबीच ‘वान टु वाट’ वार्ता भएको छ ।
चाक्सिबारीस्थित प्रकाशमानको निवासमा भएको दुई नेताको भेटवार्तालाई अर्थपूणर् रुपमा हेरिएको छ । यद्यपि छलफलको विषय सार्वजनिक भएको छैन । शशांकले मंगलबारको छलफलमा आफू सभापतिको दौडबाट ब्याक हुने संकेत गरेका थिए भने रामचन्द्र पौडेलले पनि प्रकाशमान र शशांकबीच सहमतिको आग्रह गरेका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply