१ पुष २०७८, बिहीबार ०७:०८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता
१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका गगन थापाले अग्रता कायमै राखेका छन् । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा छन् ।
तेस्रो स्थानमा पार्टी सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवारद्वय प्रकाशशरण महत र प्रदीप पौडेल उनीहरूभन्दा पछि परेका छन् । तेस्रो स्थानका लागि पौडेल र महतबीच तीव्र प्रतिस्पर्धा छ ।
शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका गगन थापा सबैभन्दा अगाडि हुँदा सोही प्यानलका अर्का उम्मेदवार मिनेन्द्र रिजाल भने पाँचौ स्थानमा छन् ।
१४९५ मत गणना हुँदा गगन थापाले सबैभन्दा बढी ९५५ मत पाएका छन् । विश्वप्रकाश शर्माले ६६० मत पाएका छन् । प्रकाशशरण महतले ४९१, प्रदीप पौडेलले ४४९ र मिनेन्द्र रिजालले २७५ मत पाएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply