प्रधानन्यायाधीश जबराले बोलाए न्याय सेवा आयोगको बैठक
६ पुस, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबारका लागि न्याय सेवा आयोगको बैठक बोलाएका छन् । नेपाल बार एशोसिएसनले जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको र सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि जबरासँग इजलास शेयर गर्न अस्वीकार गरिरहेको अवस्थामा जबराले आयोगको बैठक बोलाएका छन् ।
प्रधानन्यायाधीश जबरा अध्यक्ष रहेको न्याय सेवा आयोगमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य छन् । आयोगले यसअघि सञ्चालन गरेको जिल्ला न्यायाधीशहरुको परीक्षाको नतिजा प्रकाशनका लागि आयोगको बैठक बोलाइएको आयोग स्रोतले जानकारी दियो ।
जबराविरुद्ध आन्दोलित नेपाल बारले जबराले नेतृत्व गर्ने न्याय सेवा आयोग, न्याय परिषद् जस्ता संस्थाका बैठकमा सहभागी नहुन आग्रह गर्दै सदस्यहरुलाई पत्राचार गरेको छ । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश कार्कीले पनि अहिलेको अवस्थामा जबराले नेतृत्व गर्ने बैठकहरुमा सहभागी हुन नसक्ने बताउँदै आएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply