नेपाल एयरलाइन्सले नयाँ जहाज खरिद गर्न सरकारसँग माग्यो १५ अर्ब

६ पुस, काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमलाई तत्काल निजीकरण नगर्ने बताएका छन् । आज निगममा आयोजित एक कार्यक्रममा मन्त्री आलेले निगमलाई निजीकरण नगर्ने स्पष्ट पारेका हुन् ।
यसअघि प्रबन्धनिर्देशक डिमप्रसाद पौडेलले वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रस्ताव गरेका थिए । कर्मचारीले यसको विरोध गर्दै पौडेललाई निगममा प्रवेश निषेध गरेका थिए । आले मन्त्री भएसँगै युवराज अधिकारीलाई कार्यकारी अध्यक्ष नियुक्त गर्दै डिमप्रसाद पौडेललाई मन्त्रालय तानेका थिए ।
कार्यक्रममा नेपाल वायुसेवा निगमले सरकारसंग नयाँ जहाज खरिदको लागि १५ अर्ब रुपैयाँ माग गरेको छ । अधिकारीले नयाँ जहाज खरिद कार्ययोजना बनिरहेको बताएका छन् । उनले केही दिनमै नयाँ जहाज खरिदबारे निणर्य गरिने पनि जानकारी दिए । अर्थ मन्त्रालयले भने यस्तो रकम दिने प्रतिबद्धता गरेको छैन । पर्यटनमन्त्री प्रेम आलेसमक्ष अर्थ मन्त्रालयसँग जहाजका लागि आवश्यक रकमको पहल गर्न आग्रह पनि गरिएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply