नेपाल एयरलाइन्सले नयाँ जहाज खरिद गर्न सरकारसँग माग्यो १५ अर्ब
६ पुस, काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमलाई तत्काल निजीकरण नगर्ने बताएका छन् । आज निगममा आयोजित एक कार्यक्रममा मन्त्री आलेले निगमलाई निजीकरण नगर्ने स्पष्ट पारेका हुन् ।
यसअघि प्रबन्धनिर्देशक डिमप्रसाद पौडेलले वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रस्ताव गरेका थिए । कर्मचारीले यसको विरोध गर्दै पौडेललाई निगममा प्रवेश निषेध गरेका थिए । आले मन्त्री भएसँगै युवराज अधिकारीलाई कार्यकारी अध्यक्ष नियुक्त गर्दै डिमप्रसाद पौडेललाई मन्त्रालय तानेका थिए ।
कार्यक्रममा नेपाल वायुसेवा निगमले सरकारसंग नयाँ जहाज खरिदको लागि १५ अर्ब रुपैयाँ माग गरेको छ । अधिकारीले नयाँ जहाज खरिद कार्ययोजना बनिरहेको बताएका छन् । उनले केही दिनमै नयाँ जहाज खरिदबारे निणर्य गरिने पनि जानकारी दिए । अर्थ मन्त्रालयले भने यस्तो रकम दिने प्रतिबद्धता गरेको छैन । पर्यटनमन्त्री प्रेम आलेसमक्ष अर्थ मन्त्रालयसँग जहाजका लागि आवश्यक रकमको पहल गर्न आग्रह पनि गरिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply