पूर्वमाओवादीबीच एकता गर्न सीपी गजुरेलले राखे तीन शर्त
११ पुस, काठमाडौं । नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरलले पूर्व माओवादीबीच एकता गर्न शर्त अगाडि सारेका छन्।
माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्ने क्रममा गजुरेलले पर्व माओवादीबीच एकता आवश्यक रहेको भन्दै त्यसका लागि शर्त अगाडि सारेका हुन्।
गजुरेलले पहिलो शर्तका रुपमा जनयुद्ध सुरु गर्नु अगाडिको केन्द्रीय समितिमा गरेको प्रतिवद्धतालाई पुनर्स्थापित गर्नुपर्ने बताए।
दोश्रो, जुन लक्ष्य राखेर जनयुद्ध थालिएको थियो, त्यो लक्ष्य अधुरो र अपुरो रहेको उनले बताए।
त्यो लक्ष्य अनुसार नेपाललाई जनगणतन्त्र बनाउन तुरुन्त अगाडि बढ्ने गरी यो महाधिवेशनले कार्यक्रम पारित गर्नुपर्ने शर्त पनि गजुरेलले राखेका छन्।
गजुरेलको तेश्रो शर्त हो, राष्ट्रिय स्वाधिनताका लागि केही महत्वपूर्ण निर्णय माओवादीले लिन सकोस्।
यसमा एमसीसी खारेज गर्ने गरी माओवादीले यो महाधिवेशनबाट निर्णय लिनुपर्ने अडान लिएका छन्।
उनले भारतले हडपेको भूभाग फिर्ता ल्याउने प्रतिवद्धता गर्नुपर्ने शर्त अघि सारेका छन्।
कालापानी, लिम्पयाधुरा र लिपुलेक नक्सामा फिर्ता आए पनि जमिन फिर्ता ल्याउन नसकिएको भन्दै उनले माओवादीबाट प्रतिवद्धता आएमा एकताको आधार तयार हुने बताए।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply