प्रचण्डको प्रतिवेदनमाथि समूहको ‘रिपोर्टिङ’ सकियो, भोलि अध्यक्षले जवाफ दिने
१५ पुस, काठमाडौं । काठमाडौंमा जारी नेकपा माओवादीको महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक तथा वैचारिक प्रतिवेदनमाथि समूहगत छलफलपछि रिपोर्टिङ गर्ने क्रम सकिएको छ । बिहीबार १४ समूहका टोली नेताले आफ्नो रिपोर्टिङ सकेसँगै सबै २५ समूहको सकिएको हो । यसअघि बुधबार ११ समूहका टोली नेताले रिपोर्टिङ गरेका थिए ।
महाधिवेशन अन्तर्गत समूहगत रिपोर्टिङ सकिएलगत्तै स्थायी कमिटी बैठक पनि शुरु भएको छ । बैठकमा आएका सुझावहरूलाई कसरी समेट्ने भन्नेबारे सो बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । बिहीबार रिपोर्टिङ गर्ने अधिकांश टोली नेताहरुले एमसीसी खारेज गर्नुपर्ने र दस्तावेजको व्यवहारिक कार्यान्वयन हुनेमा आशंका गरेका छन् ।
शुक्रबार लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोगको प्रतिवेदन पनि पेश हुनेछ । त्यस्तै फरक मत तथा पुरक दस्तावेज पनि अध्यक्ष मण्डललाई प्राप्त भएको अध्यक्ष मण्डलले जनाएको छ । अब उनीहरुले राखेको धारणामा अध्यक्ष प्रचण्डले जवाफ दिने छन् । शुक्रबार १ बजे पुनः बन्द सत्र शुरु हुने जनाइएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply