मेरो सरकार असफल बनाउन कांग्रेसले कर्मचारीलाई उर्दी जारी गरेको थियो : ओली
२५ पुस,झापा । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई असफल बनाउन नेपाली कांग्रेसले कर्मचारीलाई उर्दी जारी गरेको आरोप लगाएका छन् ।
नेपाल निजामती कर्मचारी संगठन झापाको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेसले कर्मचारीलाई त्यस्तो उर्दी जारी गरेको बताएका हुन् । उनले कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध लाग्न कर्मचारीलाई निर्देशन दिएको दाबी गरे । अहिलेको सरकारले कर्मचारीतन्त्रलाई आफू अनुकूल काम गराउन बाध्य पारेको उनको आरोप थियो ।
तानाशाहीविरुद्ध असहयोग केही समय चल्न सक्छ, उनले भने, तर लामो समयसम्म कर्मचारीलाई असहयोग गर्नु भन्न मिल्दैन । सरकारले कर्मचारीतन्त्रलाई सत्ता अनुकूल प्रयोग गरेको समेत अध्यक्ष ओलीले आरोप लगाएका छन् । ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को सम्मेलन रोकेर शेरबहादुर देउवा नेतृत्वको सरकार लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध गएको पनि आरोप लगाएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply