मेरो सरकार असफल बनाउन कांग्रेसले कर्मचारीलाई उर्दी जारी गरेको थियो : ओली
२५ पुस,झापा । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई असफल बनाउन नेपाली कांग्रेसले कर्मचारीलाई उर्दी जारी गरेको आरोप लगाएका छन् ।
नेपाल निजामती कर्मचारी संगठन झापाको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेसले कर्मचारीलाई त्यस्तो उर्दी जारी गरेको बताएका हुन् । उनले कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध लाग्न कर्मचारीलाई निर्देशन दिएको दाबी गरे । अहिलेको सरकारले कर्मचारीतन्त्रलाई आफू अनुकूल काम गराउन बाध्य पारेको उनको आरोप थियो ।
तानाशाहीविरुद्ध असहयोग केही समय चल्न सक्छ, उनले भने, तर लामो समयसम्म कर्मचारीलाई असहयोग गर्नु भन्न मिल्दैन । सरकारले कर्मचारीतन्त्रलाई सत्ता अनुकूल प्रयोग गरेको समेत अध्यक्ष ओलीले आरोप लगाएका छन् । ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को सम्मेलन रोकेर शेरबहादुर देउवा नेतृत्वको सरकार लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध गएको पनि आरोप लगाएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply