कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

१४ माघ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दै छ । दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्ने गरी बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा पदाधिकारी र केन्द्रीय समिति सदस्यलाई बोलाइएको छ । बैठकमा केन्द्रीय कार्य सम्पादन समिति गठनबारे छलफल हुनेछ ।
कार्यसम्पादन समिति गठन हुँदै
केही दिनअघि पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाउने र कार्यसम्पादन समिति गठन गर्ने विषयमा उपसभापति पूणर्बहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच खड्का निवासमा छलफल भएको थियो । पार्टीलाई सुरुबाटै विधानसम्मत सञ्चालन गर्नुपर्ने पक्षमा रहेका यी तीनबीच कार्य सम्पादन समिति गठन गर्ने विषयमा छलफल भएको थियो ।
छलफलपश्चात् उनीहरू तीनै जना सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे । बालुवाटारमा उपसभापति र महामन्त्रीद्वयसँगको छलफलपछि देउवा केन्द्रीय कार्यसमिति बैठक बोलाउने र कार्यसम्पादन समिति गठन गर्ने विषयमा सकारात्मक देखिए ।
तर, कोभिड-१९ का समयमा सरकार प्रमुख नै सरकारले तोकेको मापदण्डविपरीत जान नहुने भएपछि भर्चुअल माध्यमबाट ‘जम्बो’ कार्यसमिति बैठक बोलाउने विषयमा छलफल भयो । छफलबाटै देउवा शुक्रबारलाई भर्चुअल बैठक बोलाउन तयार भए । महामन्त्री गगन थापाका अनुसार शुक्रबार बैठक बोलाएर कार्यसम्पादन समिति गठन गर्ने तयारी भए पनि शुक्रबारै बैठक बस्ने निणर्य भने भइसकेको छैन । तर, बैठकको एउटै मात्र एजेण्डा कार्यसम्पादन समिति गठन गर्नु रहेको उनले बताए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply