कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै
१४ माघ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दै छ । दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्ने गरी बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा पदाधिकारी र केन्द्रीय समिति सदस्यलाई बोलाइएको छ । बैठकमा केन्द्रीय कार्य सम्पादन समिति गठनबारे छलफल हुनेछ ।
कार्यसम्पादन समिति गठन हुँदै
केही दिनअघि पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाउने र कार्यसम्पादन समिति गठन गर्ने विषयमा उपसभापति पूणर्बहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच खड्का निवासमा छलफल भएको थियो । पार्टीलाई सुरुबाटै विधानसम्मत सञ्चालन गर्नुपर्ने पक्षमा रहेका यी तीनबीच कार्य सम्पादन समिति गठन गर्ने विषयमा छलफल भएको थियो ।
छलफलपश्चात् उनीहरू तीनै जना सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे । बालुवाटारमा उपसभापति र महामन्त्रीद्वयसँगको छलफलपछि देउवा केन्द्रीय कार्यसमिति बैठक बोलाउने र कार्यसम्पादन समिति गठन गर्ने विषयमा सकारात्मक देखिए ।
तर, कोभिड-१९ का समयमा सरकार प्रमुख नै सरकारले तोकेको मापदण्डविपरीत जान नहुने भएपछि भर्चुअल माध्यमबाट ‘जम्बो’ कार्यसमिति बैठक बोलाउने विषयमा छलफल भयो । छफलबाटै देउवा शुक्रबारलाई भर्चुअल बैठक बोलाउन तयार भए । महामन्त्री गगन थापाका अनुसार शुक्रबार बैठक बोलाएर कार्यसम्पादन समिति गठन गर्ने तयारी भए पनि शुक्रबारै बैठक बस्ने निणर्य भने भइसकेको छैन । तर, बैठकको एउटै मात्र एजेण्डा कार्यसम्पादन समिति गठन गर्नु रहेको उनले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply