सर्लाहीमा उखु बोकेको ट्रयाक्टरमा रात्री बस ठोक्किँदा २४ जना घाइते, दुईको अवस्था गम्भीर

१४ माघ, सर्लाही । सर्लाहीको हरिवनमा उखु बोकेको ट्रयाक्टरमा रात्रि बस ठोक्किँदा २४ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
गए राति भैरहवाबाट विराटनगर जाँदै गरेको लु २ ख ४७५७ नम्बरको बस हरिवन- ९ सुखेपोखरीमा बिग्रिएर रोकी राखेको उखु लोड गरेको ज २ त ७८१ नम्बरको ट्रयाक्टरमा ठोक्किँदा दुर्घटना भएको हो । पश्चिमबाट उखु लिएर हरिवनस्थित इन्दु शंकर चिनी उद्योगतर्फ जाँदै गरेको ट्रयाक्टर बिग्रिएपछि बनाउन सडक छेउमा रोकेर राखेको बेला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
चालक निदाएको कारण दुर्घटना भएको अनुमान हामीले गरेका छौँ, डिएसपी बुढाथोकीले भने, थप अनुसन्धान हुँदैछ । घाइतेमध्ये एक पुरुष र एक महिलाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । उनीहरूलाई थप उपचारको लागि वीरगन्ज रिफर गरिएको छ ।
अन्य घाइतेको हरिवनमा रहेको नमूना, स्वाभिमान लगायतका अस्पतालमा उपचार भइरहेको छ । बस चालक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रयाक्टर चालक भने फरार छन् । ट्रयाक्टरको पछाडीबाट बसले ठक्कर दिए पनि दुबै सबारी साधन पल्टिएका भने छैनन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply