सर्लाहीमा उखु बोकेको ट्रयाक्टरमा रात्री बस ठोक्किँदा २४ जना घाइते, दुईको अवस्था गम्भीर
१४ माघ, सर्लाही । सर्लाहीको हरिवनमा उखु बोकेको ट्रयाक्टरमा रात्रि बस ठोक्किँदा २४ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
गए राति भैरहवाबाट विराटनगर जाँदै गरेको लु २ ख ४७५७ नम्बरको बस हरिवन- ९ सुखेपोखरीमा बिग्रिएर रोकी राखेको उखु लोड गरेको ज २ त ७८१ नम्बरको ट्रयाक्टरमा ठोक्किँदा दुर्घटना भएको हो । पश्चिमबाट उखु लिएर हरिवनस्थित इन्दु शंकर चिनी उद्योगतर्फ जाँदै गरेको ट्रयाक्टर बिग्रिएपछि बनाउन सडक छेउमा रोकेर राखेको बेला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
चालक निदाएको कारण दुर्घटना भएको अनुमान हामीले गरेका छौँ, डिएसपी बुढाथोकीले भने, थप अनुसन्धान हुँदैछ । घाइतेमध्ये एक पुरुष र एक महिलाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । उनीहरूलाई थप उपचारको लागि वीरगन्ज रिफर गरिएको छ ।
अन्य घाइतेको हरिवनमा रहेको नमूना, स्वाभिमान लगायतका अस्पतालमा उपचार भइरहेको छ । बस चालक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रयाक्टर चालक भने फरार छन् । ट्रयाक्टरको पछाडीबाट बसले ठक्कर दिए पनि दुबै सबारी साधन पल्टिएका भने छैनन् ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply