नागरिक उड्डयन प्राधिकरणको एक अर्ब ८१ करोड बक्यौता उठाउन बाँकी

१४ माघ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक अर्ब ८१ करोडभन्दा बढी रकम बक्यौता उठाउन बाँकी रहेको बताएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उपसमितिले उक्त रकम उठाउन बाँकी रहेको जनाएको हो ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीको संयोजकत्वमा नागरिक उड्डयनसम्बन्धी समस्या र समाधान उपसमिति गठन गरेको थियो । उक्त उपसमितिले नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर लगायतका पदाधिकारीसँग छलफल गरेको थियो । उपसमितिको माघ १२ गतेको निणर्य शुक्रबार सार्वजनिक गरिएको हो ।
‘नेपाल नागरिक उड्डयन प्राधिकरणको बक्यौता रकम सम्बन्धमा छलफल हुँदा प्राधिकरणले २०७८ माघ १० गतेसम्म स्वदेशी तथा विदेशी विभिन्न संघसंस्थाहरूसँग १ अर्ब ८१ करोड ७५ लाख ८८ हजार ५ सय ७९ रुपैयाँ २८ पैसा बक्यौता रकम उठाउन बाँकी रहेको व्यहोरा प्रस्तुत भयो,’ उपसमितिकव निणर्यमा भनिएको छ । बक्यौता रकम उठाउनका लागि प्राधिकरणलाई आगामी कार्ययोजना उपसमितिमा पेस गर्न भनिएको छ ।
उपसमितिले कोभिड-१९ को समयमा चार्टर्ड उठानमा भएको अनियमितता सम्बन्धमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको समितिले पेस गरेको छानबिन प्रतिवेदन उपसमिति समक्ष पेस गर्न भनेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
Leave a Reply