नागरिक उड्डयन प्राधिकरणको एक अर्ब ८१ करोड बक्यौता उठाउन बाँकी
१४ माघ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक अर्ब ८१ करोडभन्दा बढी रकम बक्यौता उठाउन बाँकी रहेको बताएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उपसमितिले उक्त रकम उठाउन बाँकी रहेको जनाएको हो ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीको संयोजकत्वमा नागरिक उड्डयनसम्बन्धी समस्या र समाधान उपसमिति गठन गरेको थियो । उक्त उपसमितिले नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर लगायतका पदाधिकारीसँग छलफल गरेको थियो । उपसमितिको माघ १२ गतेको निणर्य शुक्रबार सार्वजनिक गरिएको हो ।
‘नेपाल नागरिक उड्डयन प्राधिकरणको बक्यौता रकम सम्बन्धमा छलफल हुँदा प्राधिकरणले २०७८ माघ १० गतेसम्म स्वदेशी तथा विदेशी विभिन्न संघसंस्थाहरूसँग १ अर्ब ८१ करोड ७५ लाख ८८ हजार ५ सय ७९ रुपैयाँ २८ पैसा बक्यौता रकम उठाउन बाँकी रहेको व्यहोरा प्रस्तुत भयो,’ उपसमितिकव निणर्यमा भनिएको छ । बक्यौता रकम उठाउनका लागि प्राधिकरणलाई आगामी कार्ययोजना उपसमितिमा पेस गर्न भनिएको छ ।
उपसमितिले कोभिड-१९ को समयमा चार्टर्ड उठानमा भएको अनियमितता सम्बन्धमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको समितिले पेस गरेको छानबिन प्रतिवेदन उपसमिति समक्ष पेस गर्न भनेको छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
Leave a Reply