फागुन १ गतेदेखि शिक्षण संस्था खोल्न सुझाव

२२ माघ, काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ ।
शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) ले शुक्रबार शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग गरेको छलफलमा उक्त गृहकार्य भएको हो । प्राप्त सुझावका आधारमा आगामी आइतबार राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा सिसिएमसीको बैठक गरेर थप सिफारिस गरिने भएको छ ।
सिसिएमसीका प्रमुख एवं प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद थपलियाको उपस्थितिमा भएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्मा, गाउँपालिका राष्ट्रिय महासङ्घका महासचिव वंशीलाल लामा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष टीकाराम पुरी, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (नेशनल प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटा, अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी, नेपाल शिक्षक महासङ्घका अध्यक्षा कमला तुलाधरलगायतको सहभागिता थियो ।
नेशनल प्याब्सनका अध्यक्ष सापकोटाका अनुसार आधारमा आगामी फागुन १ गतेदेखि विद्यालय खोल्ने विषयमा सिसिएमसी र सरकारले ठोस निर्णय लिनुपर्ने सुझाव दिइएको छ । यही माघ २५ गतेसम्म कोभिडविरुद्धको खोप लगाउन योग्य र छुटेका बालबालिकालाई खोप उपलब्ध गराउन पनि बैठकले निचोड निकालेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply