राजीनामा नदिइ जनप्रतिनिधिले उम्मेदवार बन्न नपाउने
५ फागुन,काठमाडौं । बहालवाला जनप्रतिनिधिले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेदवार बन्न चाहे पदबाट राजीनामा दिनुपर्ने भएको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा जनप्रतिनिधिले पदबाट राजीनामा दिएपछि मात्रै उमेदवार बन्न पाउने व्यवस्था गरेको छ ।
‘बहालवाला जनप्रतिनिधिले उमेदवार बन्नका लागि राजीनामा दिनुपर्ने व्यवस्था आचार संहितामा गरिएको छ’ आयोग स्रोतले भन्यो । आयोगका एक पदाधिकारीकाअनुसार आचारसंहितालाई अन्तिम रूप दिने काम भइरहेको छ । आचारसंहिता भने केही समयपछि मात्रै जारी हुनेछ ।
त्यस्तै आयोगले उमेदवार बन्नका लागि बेरुजु र पेस्की फर्छ्योट भएको हुनुपर्ने व्यवस्था आचारसंहितामा गर्न लागेको छ । ‘कुनै उमेदवारी दिने व्यक्तिले आफ्नो नाममा कायम भएको तिर्नु बुझाउनुपर्ने बेरुजु फर्छ्योट गरिसकेको हुनुपर्ने छ । आफूले कुनै सरकारी निकायमा लिएको पेस्की फर्छ्योट गरिसकेको हुनुपर्नेछ’ ती पदाधिकारीले भने ।
बेरुजु र पेस्की फर्छ्योट स्थानीय तहको निर्वाचन प्रयोजनका लागि मात्रै नभएर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि लागु गर्ने आयोगको तयारी छ । प्रतिनिधिसभा र प्रदेशसभाको हकमा भने संविधानमा नै राजीनामा दिनुनपर्ने भन्ने व्यवस्था गरेको छ । तर, पेस्की पर्छ्योट गर्नुपर्ने र बेरुजु फर्छ्योट गर्नुपर्ने कुरालाई ती पदमा समेत लागु हुन्छ, ती पदाधिकारी भन्छन्, ‘मनोनयन दिँदा मेरो नाममा कुनै किसिमको पेस्की बेरुजु बाँकी छैन भनेर घोषणा गर्नुपर्छ । बेरुजु र पेस्की फर्छ्योट गरेको स्वघोषणा गरे पुग्ने व्यवस्था गर्न लागिएको छ । कसैले फर्छ्योट नगरेकोमा उजुरी परे कारबाही हुने आयोगका अर्का पदाधिकारी बताउँछन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply