राजीनामा नदिइ जनप्रतिनिधिले उम्मेदवार बन्न नपाउने
५ फागुन,काठमाडौं । बहालवाला जनप्रतिनिधिले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेदवार बन्न चाहे पदबाट राजीनामा दिनुपर्ने भएको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा जनप्रतिनिधिले पदबाट राजीनामा दिएपछि मात्रै उमेदवार बन्न पाउने व्यवस्था गरेको छ ।
‘बहालवाला जनप्रतिनिधिले उमेदवार बन्नका लागि राजीनामा दिनुपर्ने व्यवस्था आचार संहितामा गरिएको छ’ आयोग स्रोतले भन्यो । आयोगका एक पदाधिकारीकाअनुसार आचारसंहितालाई अन्तिम रूप दिने काम भइरहेको छ । आचारसंहिता भने केही समयपछि मात्रै जारी हुनेछ ।
त्यस्तै आयोगले उमेदवार बन्नका लागि बेरुजु र पेस्की फर्छ्योट भएको हुनुपर्ने व्यवस्था आचारसंहितामा गर्न लागेको छ । ‘कुनै उमेदवारी दिने व्यक्तिले आफ्नो नाममा कायम भएको तिर्नु बुझाउनुपर्ने बेरुजु फर्छ्योट गरिसकेको हुनुपर्ने छ । आफूले कुनै सरकारी निकायमा लिएको पेस्की फर्छ्योट गरिसकेको हुनुपर्नेछ’ ती पदाधिकारीले भने ।
बेरुजु र पेस्की फर्छ्योट स्थानीय तहको निर्वाचन प्रयोजनका लागि मात्रै नभएर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि लागु गर्ने आयोगको तयारी छ । प्रतिनिधिसभा र प्रदेशसभाको हकमा भने संविधानमा नै राजीनामा दिनुनपर्ने भन्ने व्यवस्था गरेको छ । तर, पेस्की पर्छ्योट गर्नुपर्ने र बेरुजु फर्छ्योट गर्नुपर्ने कुरालाई ती पदमा समेत लागु हुन्छ, ती पदाधिकारी भन्छन्, ‘मनोनयन दिँदा मेरो नाममा कुनै किसिमको पेस्की बेरुजु बाँकी छैन भनेर घोषणा गर्नुपर्छ । बेरुजु र पेस्की फर्छ्योट गरेको स्वघोषणा गरे पुग्ने व्यवस्था गर्न लागिएको छ । कसैले फर्छ्योट नगरेकोमा उजुरी परे कारबाही हुने आयोगका अर्का पदाधिकारी बताउँछन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply