एमालेसँग वार्ताका लागि कांग्रेस नेताहरु बालकोटमा

१४ फागुन, काठमाडौं । नेकपा एमालेसँग वार्ताका लागि नेपाली कांग्रेसका नेताहरु बालकोट पुगेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता अघि दोस्रो तहका नेताहरु वार्ताका लागि बालकोट पुगेका हुन् ।
कांग्रेस उपसभापति पूर्णवहादुर खड्का,सन्चारमन्त्री ज्ञानेन्द्रवहादुर कार्की लगायतका नेता बालकोट पुगेका छन् ।
एमाले उपाध्यक्ष बिष्णु पौडेल,महासचिव शंकर पोखरेल,उपमहासचिव विष्णु रिमाल लगायत पनि बालकोटमै छन् ।
माओवादीको लिखित निर्णय आउन ढिला भएपछि देउवाले आजै बालकोट पुगेर ओलीलाई भेट्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच निर्णायक वार्ताअघि एमाले र कांग्रेसका दोस्रो तहका नेताहरुबीच बालकोटमै छलफल सुरु भएको हो ।
बिहीबार र शुक्रबार लगातार लामो छलफल गरेका दुई पार्टीबीचको आजको वार्तालाई निर्णायक र अर्थपूर्ण मानिएको छ ।
माओवादी केन्द्रले एमसीसी पारित गर्न सघाउने र गठबन्धन जोगाउने मध्यमार्गी विकल्प लगे पनि प्रधानमन्त्री विश्वस्त हुन नसकेको र माओवादीलाई साथमा लिएर हिड्दा अन्तर्राष्ट्रिय समुदायसमेत कांग्रेसप्रति सकारात्मक नहुने देखिएपछि देउवाले एमालेसँगै सहमतिमा जोड दिएको स्रोतले जनाएको छ ।
यद्यपी एमालेका नेताहरु गठबन्धन भत्किने अवस्थामा प्रचण्ड- माधवले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय देउवालाई बुझाउने आँकलन गरिरहेका छन् । त्यसैले अहिलेको वार्ता एमालेको भन्दा पनि कांग्रेसको रुचीमा भइरहेको उनीहरुको भनाइ छ ।
आजै कांग्रेस र एमालेबीच कुनै लिखित सहमति हुनेबारेमा दुवै पक्षका नेताले प्रष्ट बताएका छैनन् । तर शुक्रवार राति नै एकखालको समझदारी भएको र त्यसको फाइनल टच आज हुने नेताहरुको भनाइ छ ।
अमेरिकीहरुले पनि एमाले र कांग्रेस मिल्दा नेपालको ७० प्रतिशत जनमतको प्रतिनिधित्व हुने भएकाले गठबन्धन भत्काएर एमालेसँग एकल प्रतिस्पर्धामा जान देउवालाई सुझाव दिएको नेताहरु बताउँछन् ।
एमालेले गठबन्धन भत्काएर अघि बढे सरकारमा सहभागी नभई चुनाव गराउन सघाउने आश्वासन देउवालाई दिएको छ । परमादेशबाट बनेको सरकारमा एमाले सहभागी भने नहुने बताइएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply