एमालेसँग वार्ताका लागि कांग्रेस नेताहरु बालकोटमा
१४ फागुन, काठमाडौं । नेकपा एमालेसँग वार्ताका लागि नेपाली कांग्रेसका नेताहरु बालकोट पुगेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता अघि दोस्रो तहका नेताहरु वार्ताका लागि बालकोट पुगेका हुन् ।
कांग्रेस उपसभापति पूर्णवहादुर खड्का,सन्चारमन्त्री ज्ञानेन्द्रवहादुर कार्की लगायतका नेता बालकोट पुगेका छन् ।
एमाले उपाध्यक्ष बिष्णु पौडेल,महासचिव शंकर पोखरेल,उपमहासचिव विष्णु रिमाल लगायत पनि बालकोटमै छन् ।
माओवादीको लिखित निर्णय आउन ढिला भएपछि देउवाले आजै बालकोट पुगेर ओलीलाई भेट्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच निर्णायक वार्ताअघि एमाले र कांग्रेसका दोस्रो तहका नेताहरुबीच बालकोटमै छलफल सुरु भएको हो ।
बिहीबार र शुक्रबार लगातार लामो छलफल गरेका दुई पार्टीबीचको आजको वार्तालाई निर्णायक र अर्थपूर्ण मानिएको छ ।
माओवादी केन्द्रले एमसीसी पारित गर्न सघाउने र गठबन्धन जोगाउने मध्यमार्गी विकल्प लगे पनि प्रधानमन्त्री विश्वस्त हुन नसकेको र माओवादीलाई साथमा लिएर हिड्दा अन्तर्राष्ट्रिय समुदायसमेत कांग्रेसप्रति सकारात्मक नहुने देखिएपछि देउवाले एमालेसँगै सहमतिमा जोड दिएको स्रोतले जनाएको छ ।
यद्यपी एमालेका नेताहरु गठबन्धन भत्किने अवस्थामा प्रचण्ड- माधवले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय देउवालाई बुझाउने आँकलन गरिरहेका छन् । त्यसैले अहिलेको वार्ता एमालेको भन्दा पनि कांग्रेसको रुचीमा भइरहेको उनीहरुको भनाइ छ ।
आजै कांग्रेस र एमालेबीच कुनै लिखित सहमति हुनेबारेमा दुवै पक्षका नेताले प्रष्ट बताएका छैनन् । तर शुक्रवार राति नै एकखालको समझदारी भएको र त्यसको फाइनल टच आज हुने नेताहरुको भनाइ छ ।
अमेरिकीहरुले पनि एमाले र कांग्रेस मिल्दा नेपालको ७० प्रतिशत जनमतको प्रतिनिधित्व हुने भएकाले गठबन्धन भत्काएर एमालेसँग एकल प्रतिस्पर्धामा जान देउवालाई सुझाव दिएको नेताहरु बताउँछन् ।
एमालेले गठबन्धन भत्काएर अघि बढे सरकारमा सहभागी नभई चुनाव गराउन सघाउने आश्वासन देउवालाई दिएको छ । परमादेशबाट बनेको सरकारमा एमाले सहभागी भने नहुने बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply