गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडप, बानेश्वर क्षेत्र तनावग्रस्त

१५ फागुन, काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीविरुद्ध आज पनि प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरुले बानेश्वर वरपर क्षेत्रमा प्रदर्शन जारी राखेका छन् । उनीहरुले एमसीसी राष्ट्रघाती भन्दै कुनै पनि हिसाबले अनुमोदन गर्न नहुने भन्दै चर्को नाराबाजी गरिरहेका छन् ।
प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भइरहेको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीहरुमाथि प्रहरीले लाठीचार्ज समेत गरेको छ । प्रदर्शनमा सत्तारुढ दलकै कार्यकर्ताहरु परिचालन भएका छन् । आक्रोशमा आएर उनीहरुले प्रहरीमाथि पानीका बोतल तथा ढुङ्गामुढा प्रहार गरिरहेका छन् । प्रदर्शनकारीलाई तितरवितर गर्न प्रहरीले पानीको फोहरा समेत हानेको छ । प्रदर्शनमा स्कुले बालबालिकाहरु पनि सहभागी छन् । बानेश्वर क्षेत्रमा सुरक्षाकर्मी हाइअलर्टमा छन् । केहि प्रदर्शनकारीको हातमा घरेलु हतियार समेत देखिएको छ ।
प्रदर्शनकारीलाई तितरवितर पार्न विभिन्न स्थानमा पानीका ट्यांकर राखिएका छन् भने प्रहरीको बाक्लो उपस्थित रहेको छ । यसअघि पनि एमसीसीको विरोधमा बानेश्वर क्षेत्रमा प्रदर्शन हुँदै आएका छन् । यता सत्तगठबन्धन दलले आजको संसद बैठकमा एमसीसी अनुमोदन गर्ने निणर्य गरिसकेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply