गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडप, बानेश्वर क्षेत्र तनावग्रस्त
१५ फागुन, काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीविरुद्ध आज पनि प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरुले बानेश्वर वरपर क्षेत्रमा प्रदर्शन जारी राखेका छन् । उनीहरुले एमसीसी राष्ट्रघाती भन्दै कुनै पनि हिसाबले अनुमोदन गर्न नहुने भन्दै चर्को नाराबाजी गरिरहेका छन् ।
प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भइरहेको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीहरुमाथि प्रहरीले लाठीचार्ज समेत गरेको छ । प्रदर्शनमा सत्तारुढ दलकै कार्यकर्ताहरु परिचालन भएका छन् । आक्रोशमा आएर उनीहरुले प्रहरीमाथि पानीका बोतल तथा ढुङ्गामुढा प्रहार गरिरहेका छन् । प्रदर्शनकारीलाई तितरवितर गर्न प्रहरीले पानीको फोहरा समेत हानेको छ । प्रदर्शनमा स्कुले बालबालिकाहरु पनि सहभागी छन् । बानेश्वर क्षेत्रमा सुरक्षाकर्मी हाइअलर्टमा छन् । केहि प्रदर्शनकारीको हातमा घरेलु हतियार समेत देखिएको छ ।
प्रदर्शनकारीलाई तितरवितर पार्न विभिन्न स्थानमा पानीका ट्यांकर राखिएका छन् भने प्रहरीको बाक्लो उपस्थित रहेको छ । यसअघि पनि एमसीसीको विरोधमा बानेश्वर क्षेत्रमा प्रदर्शन हुँदै आएका छन् । यता सत्तगठबन्धन दलले आजको संसद बैठकमा एमसीसी अनुमोदन गर्ने निणर्य गरिसकेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply