माओवादीले स्थानीय चुनावअघि पदाधिकारी चयन नगर्ने
२३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी स्थानीय तहको चुनाव अगाडि पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो चयन नगर्ने भएको छ ।
२० फागुनमा सुरु भएको बैठकमा पदाधिकारी चयनको विषयलाई प्रमुख एजेण्डाका रुपमा राखिएको थियो । तर, पदाधिकारीमा आकांक्षीहरु धेरै हुँदा सहमति जुट्न सकेन । गत पुसमा भएको महाधिवेशनले पदाधिकारी चयन नगरी केन्द्रीय सदस्य मात्र चयन गरेको थियो । त्यतिबेला केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने भनिए पनि स्थानीय तहको चुनावअघि पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो गठन नहुने भएको नेता वर्षमान पुनले बताए ।
अब आगामी निर्वाचनलगत्तै हामी पदाधिकारी र अन्य निकायहरुको चयनहरु गर्छौं’ उनले भने । पदाधिकारी चयन गर्नका लागि समयको अभाव भएको पुनको भनाइ छ । विधान अनुसार पदाधिकारी चुन्न पाएको भए राम्रो हुन्थ्यो । तर, हामीसंग समयको अभाव भयो’ उनले भने ।
पार्टीको आधिकारिक निर्णयका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग गर्ने गरी एउटा टिम बनाउने गृहकार्य भएको र त्यो टिममा रहने सदस्यहरु चयन गर्ने अधिकार स्वयं अध्यक्षलाई दिने तयारी भएको नेता पुनले बताए ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply