तस्करी हुने सुपारी, मरिच र केराउ उद्योगले मात्र आयात गर्ने गरी खुला

२६ फागुन, काठमाडौं । सरकारले उद्योगका लागि सुपारी, मरिच र केराउको आयात खुलाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा एक सूचना जारी गर्दै उद्योगका लागि ती वस्तुको आयात खुलाएको हो । लामो समयदेखि तस्करी हुँदै आएको उल्लेखित वस्तुको आयात व्यापारीहरूको चलखेलमा खुला गरिएको हो ।
अब वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आर्थिक वर्षको लागि ती वस्तुको आयात गर्न स्वीकृति दिनेछ । मुलुकमा विदेशी मुद्रा सञ्चिति घटिरहेका बेला धमाधम करिब १५ सयभन्दा बढी वस्तुको आयातमा कडाई गरिररहेका बेला सरकारले औद्योगिक प्रयोजनका लागि भन्दै यी वस्तुको आयात भने खुला गरेको हो ।
हालै राष्ट्र बैंकले सुन दैनिक आयात हुने कोटा समेत २० किलोबाट घटाएर १० मा सीमित गरेको छ । अन्य कतिपय वस्तु आयातका लागि एलसी खोल्दा नै निश्चित मार्जिन रकम राख्नुपर्ने व्यवस्था गरिएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply